this great mom don't get fatigue in search of her son

अझै, आँशुले वाँध भेटेको छैन श्रीमायाको । हरेक पल उनका आँखाबाट कष्टका कोशी वहिरहेका छन् । श्रीमायाले, जेठो छोरो समीरको खोजीमा भौतारिरहेको पनि अढाई वर्ष भैसकेको छ । वुँताले भ्याएसम्म सबैतिर चहारिसकिन् उनले । आफन्त, प्रहरी, मानवअधिकार आयोग र गृहमन्त्रालय कसैको पनि साथ पाइनन् उनले । साथ त श्रीमायालाई, हरेक पल वलिन्द्र धारा आँशुले मात्र दिएको छ ।
![]() ![]() |


0 comments